उपनिर्वाचनको दिन मनकामना केबलकार बन्द रहने
काठमाडौं ८ बैशाख, २०८०। वैशाख १० गते मनकामना केबलकारको सेवा बन्द रहने भएको छ।चितवन क्षेत्रनं २ मा हुन लागेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा उक्त जिल्लाको कुरिनटारबाट गोरखा जिल्लाको प्रशिद्ध शक्ति पिठ मनकामना जाने केबलकार मतदानको दिन सञ्चालन हुदाँ भिड बढ्ने र सुरक्षा संवेदनशिल बढ्रने हुदाँ उक्त दिनमनकामना केबलकार बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ।उपनिर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय चितवनले गरेको आग्रह अनुसार सेवा बन्द गर्न लागिएको हो।मनकामना केबलकारको बटम स्टेसन चितवनको कुरिनटार क्षेत्रनं २ भित्र पर्छ।वैशाख ११ गते देखि केबलकार पुन सञ्चालनमा आउने प्रालिले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया