उपप्रधानमन्त्री कृष्णबहादुर महरा फेरी चीनतर्फ प्रस्थान
काठमाडौँ २५ भदौ
उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा ‘तेस्रो चाइना– तिब्बत पर्यटन तथा संस्कृति प्रदर्शनी’ मा भाग लिन आज चीनतर्फ प्रस्थान गरेका छन्।
छ दिनसम्म तिब्बतको ल्हासामा चल्ने उक्त प्रदर्शनीको उद्घाटन गर्न उनी चीन गएको उनका प्रेस सल्लाहकार त्रिभुवन पौडेलले जानकारी दिए। उक्त सम्मेलन यही सेप्टेम्बर ९ तारिखदेखि १६ सम्म हुँदैछ । उद्घाटनलगत्तै उनी आइतबार नेपाल फर्कने कार्यक्रम रहेको छ । रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया