ऋण तिर्न रक्सीको सहारा

क्यूबा १ पौष

आर्थिक संकट झेलिरहेको क्यूवाले चेक गणतन्त्रलार्इ पुरानो ऋण तिर्न अनौठो प्रस्ताव अघि सारेको छ । केही समयअघि हवानामा भएको द्धिपक्षीय भेटका क्रममा चेकले ऋण तिर्ने मुद्धा उठाएपछि क्यूवाले रम दिएर ऋण चुक्ता गर्ने प्रस्ताव अघि सारेको चेकका अर्थमन्त्रीको भनाइ उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

आफैंमा असामान्य लाग्ने यो प्रस्ताव चेकले स्विकार गरेमा अनौठो भने मान्नु पर्दैन ।  चेकले केही नगद रकम पनि लिन चाहेकाे र केही अाैषधि र रम लिएर  ऋण असुली गर्ने विषयमा कुरा अघि बढ्न सक्ने समाचारमा उल्लेख छ ।

चेकले यो प्रस्ताव स्विकारेमा उ संग एक शताब्दीलार्इ पुग्ने रमको भण्डार हुने छ । पैसाको कमी भएपनि क्यूवासँग रमको भण्डारको भने कमी छैन ।

यो ऋण त्यसबेलाको हो जब क्यूवा र चेकोस्लोभाकिया दुबै देश कम्युनिष्ट ब्लककै रूपमा थियो । शीतयुद्धका बेला चेकले २७६ मिलियन डलर अर्थात तीस अर्ब रूपैयाँ भन्दा बढी ऋण क्यूवालार्इ दिएको समाचारमा उल्लेख छ। बिबिसी

फेसबुकबाट तपाईको प्रतिक्रिया