एउटा यस्तो गाउँ-जहाँ ८६ बर्षीया हजुरआमाको जिम्मामा छ !
बझाङ ९ जेस्ठ
बुधबार दिउँसो १ बजे करिव ४५ परिवारको बसोबास रहेको सुर्मा गाउँपालिकाको थुकुन्डा गाउँका प्रयाः सबै घरका ढोकामा ताला भुन्डिएको थिए ।
३ सय ५० जनाको बसोबास रहेको गाउँमा मध्यान्हमा पनि मानिसको चालचुल थिएन ।
आधा गाउँ घुमिसकेपछि दायाँतिर अग्लो ठाउँमा बालबालिकाको गुनगुन सुनियो ।
त्यहा पुग्दा एकजना बृद्धा महिलाको वरीपरी केहि बालबालिका खेलिरहेका थिए ।
ती बुद्धा थिईन, उमेरले नेटो काट्न थालेकी ८६ बार्षीया भुजीदेवी जेठार ।
हो यो गाउँ अहिले उनकै जिम्मामा छ । बैशाख पहिलो साता हिड्डुल गर्न नसके बालबालिकालाई भुुजीकै जिम्मा छाडेर यहाँको सबै जना यार्सा टिप्न लेक उक्लेका हुन् ।
बालबालिकाको मात्रै होईन, सिंगै गाउँको सरक्षााको जिम्मेवारी पनि भुजिकै छाउँकोमा छ,, यो खबर आजको कान्तिपुरमा छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया