‘एकाउन्टिङ प्रोफेसनल सपोर्ट’ कार्यक्रम शुरु, पेशागत क्षमता विकास हुने अपेक्षा

काठमाडौँ, ३० भदौ

महालेखा नियन्त्रक कार्यालयले आर्थिक प्रशासनमा कार्यरत जनशक्तिलाई व्यावसायिक बनाउँदै लैजाने उद्देश्यले शून्य लागतमा आधारित ‘एकाउन्टिङ प्रोफेसनल सपोर्ट’ कार्यक्रम शुरु गरेको छ ।

बजेट तथा आर्थिक कारोबारको आयतन वृद्धि भएसँगै वित्तीय जोखिममा समेत वृद्धि हुन गई आर्थिक अनुशासन कायम राख्न कठिनाइ भइरहेको अवस्थामा लेखा समूहमा कार्यरत जनशक्तिको पेशागत क्षमता विकास गर्न कार्यक्रम शुरु गरिएको महालेखा नियन्त्रककको कार्यालयले जनाएको छ ।

कार्यक्रममार्फत प्रचलित आर्थिक ऐन, नियम, कार्यविधि, निर्देशिका, परिपत्र र यस क्षेत्रमा विकास भएका प्रणालीको अद्यावधिक जानकारी इमेलको माध्यमबाट व्यक्तिगत तहसम्म पु¥याउँदै कानूनसम्मत एवं तथ्यपरक निर्णय निर्माणमा सहयोग प्रदान गरिनेछ ।

आर्थिक कार्यविधि ऐन, २०५५ एवं नियमावली, २०६४ ले लेखा समूहमा कार्यरत जनशक्तिलाई आर्थिक कारोवारको लेखाङ्कन, प्रतिवेदन गर्ने कार्यका अतिरिक्त राय परामर्श दिने एवं आन्तरिक लेखापरीक्षण गर्ने भूमिका तोकेको छ ।

नेपाल सरकारको विभिन्न निकायमा लेखा समूहमा कार्यरत जनशक्तिको सङ्ख्या करीब पाँच हजार रहेको महालेखाले जनाएको छ । उक्त कार्यक्रमको महालेखा नियन्त्रक सुरेश प्रधानले बिहीबार शुरुआत गर्नुभएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया