एकीकृत समाजवादीका मन्त्री हेरफेर, प्रधानमन्त्रीलाई नयाँ नामावली पेश

काठमाडौं २२, जेठ २०७९ ।

नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेरका लागि नयाँ नामावली बुझाएको छ । समाजवादीले नयाँ मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको हो ।

आइतबार बसेको पार्टीको बैठकले यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको हो ।

प्रधानमन्त्रलीलाई बुझाएको लिस्टमा जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् । त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तथा भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नेछन्। यस अघि एकीकृत समाजवादीबाट स्वास्थ्यमा विरोध खतिवडा, पर्यटनमा प्रेमबहादुर आले, सहरी विकासमा रामकुमारी झाँक्री, श्रममा कृष्णकुमार श्रेष्ठ मन्त्री थिए । स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङ थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया