एकैदिन आजसम्मकै धेरै कोरोनाका विमारी भेटिए, सङख्या १४०१ पुग्यो

काठमाण्डौ १७ जेष्ठ, २०७७
नेपालमा एकैदीन आज सम्मकै धेरै कोरोनाका विमारी पुष्टि भएका छन् । वितेको २४ घण्टा भित्र नेपालमा १८९ जना कोरोनाका विमारी पुष्ठि भएको स्वास्थ्य मन्त्रालयका प्रबक्क्ता डा विकास देबकोटाले नियमित ब्रिफिङमा बताए । उनका अनुसार आज भेटिएका कोरोनाका विमारी समेत गर्दा नेपालमा १४०१ जना कुल विमारी पुगेका छन् ।

कोरोनाका कारण अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ भने २१९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया