एकैदिन ३३४  जना कोरोनाका बिमारी थपिए

काठमाडौं –२२ जेष्ठ, २०७७

बिहीबार नेपालमा एकैदिन ३३४  जना कोरोनाका बिमारी थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पछिल्लो २४ घण्टामा मोरङका १, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सुनसरीका १, सप्तरीका १३, बाराका १२, सिन्धुलीका १, रौतहटका ६५, म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४,स्याङ्जाका १, डोटीका ३, बाँकेका ४२, कपिलवस्तुका २९, दाङका १५, मुगुका १, दैलेखका ११३, खोटाङका ३, धनुषाका ६, महोत्तरीका ३, सर्लाहीका ३ गरी ३३४ कोरोनाका बिमारी थपिएका जानकारी दिए।

योसँगै नेपालमा कोरोनाका बिमारी संख्या २ हजार ६ सय ३४  पुगेको छ भने १० जनाको मृत्यु भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया