२०८२ फाल्गुन ६ | Feb 18, 2026

एकैदिन ७ हजारको हाराहारीमा घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक ३०
|
14.1k views

ललितपुर । नेपाली बजारमा पछिल्ला केही दिनदेखि सुनको मूल्यमा निकै उतारचढाव आइरहेको छ । आज साताको पहिलो दिन छापावाला सुन प्रतितोला ६ हजार ९०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने सुनको मूल्य २ लाख ४९ हजार ७०० रुपैयाँ कायम थियो ।

त्यसैगरी आज चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ । आज चाँदी प्रतितोला १५० रुपैयाँले घटेको हो । जसअनुसार आज चाँदीको मूल्य ३ हजार १ सय ३५ रुपैयाँ छ । शुक्रबार भने चाँदी प्रतितोला ३ हजार २ सय ८५ रुपैयाँमा खरिदविक्री भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया