एकैसाथ एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो ५ नयाँ शाखा

बिजनेसपाटी २२ कार्तिक ।

एनआईसी एशिया बैंकले ५ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैकले नयाँ शाखा कार्यालयहरु भिमेश्वर नगरपालिका वडा नं. ०३ दोलखा स्थित चरिकोटमा, घोडाघोडी नगरपालिका वडा नं १० कैलाली स्थित पहलमानपुरमा, केराबारी गाउँपालिका वडा नं ०८ स्थित केराबारीमा, भगवानपुर गाउँपालिका वडा नं. ०४ सिरहा स्थित भगवानपुरमा र नरहा गाउँपालिका वडा नं. ०६ सिरहा स्थित नरहामा आज वुधबारबाट सञ्चालनमा ल्याएको हो ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लेखित ५ शाखा कार्यालयहरुको समुद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १३५ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरहरुबाट ग्राहक महानुभावहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया