एकै दिन १३ सय रूपैयाँले बढ्यो सुन

काठमाडौ २५ कातिक २०७८ ।नेपाली बजारमा  सुनको मूल्य पाँच महिनायताकै महँगो भएको छ । बिहीबार तोलामा एक हजार तीन सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य ९४ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुनको बजार मूल्य ९२ हजार ७ सय रुपैयाँ थियो ।महासंघकाअनुसार बिहीबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । बुधबार प्रतितोल १२ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको आजको कारोबार मूल्य १२ सय ७० रुपैयाँ तोकिएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया