एकै साथ ६ शाखाहरुबाट कारोवार सुभारम्भ

बिजनेसपाटी १७ असार ।
जनता बैंक नेपाल लिमिटेडले आज एकै साथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखाको उद्घाटन गरी कारोबार सुभारम्भ गरेको छ । काठमाडौं उपत्यकामा काँडाघारी, बनस्थली र थानकोट शाखाबाट कारोवार सुभारम्भ गरिएको हो भने काठमाडौं उपत्यका बाहिरमा बाग्लुङ्ग बजार, कपिलबस्तुको तौलिहवा र धनगढीको सेतोपुलमा नयाँ शाखा खोलिएको हो ।
तौलिहवा शाखाको उद्घाटन संघीय संसदका माननीय सांसद बृजेशकुमार गुप्ताले गर्नुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंबर क्षेत्रीको समेत उपस्थिति रहेको उक्त समुद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले बैंकको बारेमा मन्तब्य राख्नुभएको थियो । यसैगरी काठमाडौं उपत्यकामा रहेका काँडाघारी वीरेन्द्रचोक शाखाको संचालक लङ्कबहादुर के.सी., बनस्थली खरिबोट शाखाको संचालक गौतमप्रसाद खनालले उद्घाटन गर्नुभयो भने थानकोट शाखाको चन्द्रागरी नगरपालिकाका मेयर घनश्याम गिरी र बैंकका संचालक बिनितकुमार अग्रवालबाट संयुक्त रुपमा उद्घाटन सम्पन्न भयो । साथै सेतोपुल धनगढी शाखाको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड र बैकका चिफ बिजनेस अफिसर कल्याण पाँडेले संयुक्त रुपमा र बाग्लुङ्ग शाखाको बाग्लुङ्ग उद्योग बाणिज्य संघका अध्यक्ष श्री युवराज जङ्ग राजभण्डारीले उद्घाटन गर्नुभयो । बाग्लुङ्ग शाखा उद्घाटन कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यको उपस्थिति रहेको थियो ।
नयाँ खोलिएका शाखाहरुबाट ती क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधा लगाएत सम्पूर्ण आधुनिक बैकिङ्ग सेबा सहज र सरल रुपमा उपलब्ध गराइने छ ।
आज उद्घाटन भएका शाखाहरु समेत जनता बैंकको शाखा संजाल पूर्वको मेची देखि पश्चिम महाकाली सम्म शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा गरी कुल १४१ पुगेको छ भने काठमाडांै उपत्यकामा २३ शाखा रहेका छन् । यस सगै जनता बैंक शाखा संजालको हिसाबले निजी क्षेत्रको बाणिज्य बैंकहरु मध्ये चौथो ठूलो बैंकको रुपमा स्थापित भएको छ भने समग्रमा सातौ ठूलो बाणिज्य बैंक बन्न सफल भएको छ । यि शाखाहरु अतिरिक्त बैंकले ५० शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा १०५ एटिएमहरु मार्फत उच्च स्तरीय बैंकिङ्ग सेबा पु¥याउदै आइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया