एक्सेल डेभलपमेन्ट बैंककाे ३१.७१ प्रतिशत लाभांश पारित
बिजनेसपाटी १८ मंसिर
एक्सेल डेभलपमेन्ट बैंकको १२ औं वार्षिक साधारणले ३०.१२ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश पारित गरेको छ । बैंकको बोनस मंसिर ४ गतेसम्म कायम सेयरधनीले मात्र पाउनेछन् । ३८ करोड ४५ लाख ६२ हजार रुपैयाँ चुक्ता पूँजी रहेको एक्सेलको हकप्रद तथा बोनसपछि चुक्ता पूँजी ६९ करोड २६ लाख ७४ हजार कायम भएको छ ।
आ.व. २०७३ ०७४ मा १५ करोड चार लाख ४९ हजार खुद नाफा आर्जन गर्न सफल बैंकले चार अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरि तीन अर्ब ९३ करोड कर्जा परिचालन गरेको छ । चालु आवको पहिलो त्रैमासमा बैंकले ३ करोड १५ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ८१ पैसा कायम गरेको छ ।
झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम र मरंगका विभिन्न २१ स्थानमा अवस्थीत आफ्ना शाखा कार्यालयहरु मार्फत ग्राहक समक्ष बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । साधारण सभाले सर्वसाधारण समुहका शेयर धनीहरुमध्येबाट पुरुषोत्तम लम्साललाई सञ्चालक निर्वाचित गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया