“एक लाख जनालाई रगतदान सचेतना गराउछौ”
अर्जुनप्रसाद मैनाली
नेपालमा रगत दान सुरु गरेको ७३ बर्ष पुरानो इतिहास छ । अझ रगत भण्डार तथा वितरण सुबिधा भएको ५० बर्ष भैसकेको छ । यस अबधिमा करिब ३३ लाख जनाले आबश्यक बिरामीहरुको लागि रगत दान गरि सकेका छन् । यति हुँदाहुँदै पनि बेलाबेलामा रगत अभावले बिरामीहरुको उपचार हुन नसकेको समाचारले हामि लायनवादमा लाग्नेहरुलाई चिन्तित बनाएको छ ।
रगतको अभावले कुनै पनि बिरामीले जीवन गुमाउनु हुँदैन । यसको लागि रगत संकलन,भण्डार तथा बितरण गर्न कुशल ब्यबस्थापनको आबश्यक पर्छ । यसको साथ्साथै आम नागरिकमा रगतदान बारे जानकारी गराउनु पर्ने पनि उत्तिकै खाँचो छ ।
मेरो बिचारमा काठमान्डौ उपत्यकाका हाइ स्कुलका एक लाख भाइ बहिनीहरुलाई रगत दान बारे जानकारी गराउन सकिएमा आगामी २ बर्ष भित्रमा रगतको अभाव टर्ने छ । यसको साथै ति भाइबहिनीहरु भविष्यका लायनवादका शक्ति पनि हुन सक्नेछन । उपरोक्त लक्ष पुरा गर्न मेरो निम्न प्रस्ताब छ ।
यस्तो छ कार्यकम
कार्यक्रम : रक्तदान उत्प्रेरणा कार्यक्रम
आयोजक : लायन्स क्लब इन्टरनेशनल, डिश्ट्रिच्ट ३२५ ए १, नेपाल
लक्षित समुह : काठमान्डौ उपत्यकाका हाइ स्कुलका एक लाख बिध्यार्थिहरु
कार्यक्रम अबधि : २ महिना
कार्यक्रम खर्च : ५ लाख रुपैया
रक्तदान उत्प्रेरणा कार्यक्रम कार्यान्वयन :
(१) करिब १ लाख २५ हजार प्रति रगत दान बारे जानकारी मुलक थ्री फ़ोल्डिङ्ग पर्चा छापी काठमान्डौ उपत्यकाका सम्पूर्ण माध्यमिक बिद्यालयका बिध्यार्थिहरुमा वितरण गरि पढ्न लगाउने ।
(२) त्यसको १५ दिन भित्र ति बिध्यार्थिहरुमा रगतदान जीवनदान बारे निबन्ध प्रतियोगिता गराउने । निबन्ध ७ सय देखि १ हजार शब्दको हुनु पर्ने छ ।
(३) प्रतियोगितामा प्रथम द्दितीय र तृतीय हुनेलाई क्रमस ५० हजार ३५ हजार र १५ हजार नगदका साथै प्रसंसा पत्र प्रदान गर्ने ।
रक्तदान उत्प्रेरणा कार्यक्रम ब्यबस्थापन :
(१) करिब १ लाख २५ हजार प्रति रगत दान बारे जानकारी मुलक पर्चा दुइ जनाले काठमान्डौ उपत्यकाका सम्पूर्ण हाइ स्कुलका बिध्यार्थिहरुमा वितरण गर्ने छन् । मोटरसाइकल भएकालाई चालिस चालिस हजार पकेट खर्च दिई उक्त पर्चा वितरण गराउने । ति व्यक्तिले पर्चा बुझाएको ठाउको स्कुल बिद्यार्थी संख्या र सम्पर्क व्यक्तिको टेलिफोन वा इमेल नोट गर्नेछन । पर्चा वितरण गरेको २ हप्ता पछि तिनीहरुले नै निबन्ध पनि संकलन गर्नेछन ।
(२) पाठ्यक्रम बिकास केन्द्र र शिक्षा विभागका एक एक जना र लायन्स क्लब बाट एक जना सहित तिन जनाको निबन्ध छनौट समिति बनाइ काम गराउने । उक्त समितिलाई पनि प्रति व्यक्ति चालिस चालिस हजार पकेट खर्च प्रदान गरिने छ । समितिले निबन्ध पाएको १ महिनामा प्रतिबेदन पेश गर्ने छ ।
(३) प्रतिबेदन प्राप्त गरेको १ महिना भित्र एउटा भब्य कार्यक्रम बीच भी भी आइ पी द्वारा पुरस्कार तथा प्रमाण पत्र वितरण गराउने ।
रक्तदान उत्प्रेरणा कार्यक्रम ब्यबस्थापन खर्च :
(१) पर्चा छपाइ खर्च ७५ हजार रुपैया
(२) पर्चा वितरक तथा निबन्ध संकलक खर्च ८० हजार रुपैया
(३) निबन्ध जाँचकी खर्च १ लाख २० हजार रुपैया
(४) पुरस्कार खर्च १ लाख रुपैया
(५) पुरस्कार वितरण कार्यक्रम खर्च १ लाख (हल भाडा दिवा भोजन आदि )रुपैया
(६) बिबिध खर्च २५ हजार रुपैया
प्रकाशित मिति २०७३-७-११
फेसबुकबाट तपाईको प्रतिक्रिया