एक हिन्दू समुदायका चिकित्सकको गोली हानी हत्या

काठमाडौँ २३ साउन

कराँची ( पाकिस्तान)- पाकिस्तानको बन्दरगाह सहर कराँचीमा एक हिन्दू समुदायका चिकित्सकको उनकै क्लिनिक बाहिर बिहीबार राति गोली हानी हत्या गरिएको छ।

सरकार तथा अधिकारकर्मीले हत्यालाई धर्मद्वारा प्रेरित हत्याका रुपमा लिइएको बताएका छन् । पाकिस्तानमा यसअघि पनि अतिवादी मुसलमान समूहद्वारा अल्पसङ्ख्यक हिन्दू तथा अन्य धर्मावलम्बीमाथि शृङ्खलाबद्ध रुपमा हत्या गरिएका बताइँदै आएको छ।

डा प्रितम लखवानी, ५६, लाई आफ्नो क्लिनिकमा काम गरी गार्डेन इन्टस्थित निवासमा हिँडिरहेका बेला छातीमा गोली हानिएको थियो।

गोली लागि घाइते भएका चिकित्सक लखवानीलाई तत्कालै अब्वासी सहिद अस्पताल पु¥याइएको थियो । उहाँको उपचार त्यहाँ सम्भव नभएपछि अगाखान युनिभर्सिटी अस्पताल पु¥याइएकामा उपचारका क्रममा उनको मृत्यु भएको थियो। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया