एचआइभी एड्स सङ्क्रमितको दर घटे पनि मृत्युदर बढ्यो

काठमाडौँ २६ पौष

मोरङ-नयाँ एचआइभी एड्स सङ्क्रमितको दर घटे पनि मृत्युदर भने बढेको पाइएको छ। स्पर्श नेपाल, विराटनगरले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो। राष्ट्रिय एचआइभी एड्स महासङ्घका अध्यक्ष अच्युत सिटौलाले सन् २०१५ सम्ममा देशभरि ४० हजार एचआइभी सङ्क्रमित रहेको जानकारी दिए। सचेतनाका कारण प्रत्येक वर्ष ०।२ प्रतिशतको दरले एचआइभी सङ्क्रमित घट्दै गएको उनको भनाइ छ। एचआइभी सङ्क्रमितको सङ्ख्यामा कमी आए पनि मृत्युदुर भने बढेको अध्यक्ष सिटौलाले बताए।

उनका अनुसार देशभरि प्रत्येक वर्ष दुई हजार ३०० को सङ्ख्यामा एचआइभी सङ्क्रमितको मृत्यु हुने गरेको छ। एचआइभी सङ्क्रमित समाजमा खुल्न नचाहेको र नियमितरुपमा औषधि सेवन नगर्दा चाँडै मृत्यु हुने गरेको अध्यक्ष सिटौलाले बताए। राष्ट्रिय एचआइभी एड्स महासङ्घले गरेको सर्वेक्षण अनुसार देशभरि ४० हजार एचआइभी सङ्क्रमित भएपनि नियमितरुपमा १३ हजार देखि १४ हजार जनाले मात्र औषधि सेवन गर्ने गरेका छन्। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया