एटिएमबाट तीन घन्टामा डेढ अर्ब चोरी

टोकियो ११ जेठ
पछिल्लो समय संसारभरि एटिएम कार्ड प्रयोगको प्रचलन बढेको छ। सरकारी तथा निजी कमर्सियल बैंकहरूले एटिएम शाखाको सञ्जाल विस्तारलाई जोड दिँदै आएका छन्।

एटिएमबाट रकम झिक्ने काम सबैभन्दा सुरक्षित मानिन्छ । तर, गत १४ मेमा जापानको टोकियो सहरमा १४ सय एटिएमबाट तीन घन्टाभित्र १.४४ बिलियन जापानिज येन (एक अर्ब ४४ करोड नेपाली रुपैयाँ) चोरी भएको खबर एजेन्सीलाई उद्धृत गर्दै आजको नयाँ पत्रिकामा छापिएको छ।

सयजना व्यक्ति सम्मिलित एक समूहले निकै चलाखीपूर्ण तरिकाले एटिएमहरूबाट रकम निकालेको जापानिज प्रहरीले खुलासा गरेको छ।

चोरीमा इन्टरपोलका ‘मोस्ट वान्टेड’ पनि

एटिएमबाट रकम चोरी गर्नेमा रोमानियाली नागरिक पनि छन् । जापानिज प्रहरीले ती व्यक्तिको नाम गोप्य राखेको छ । उनी इन्टरपोलको मोस्ट वान्टेड सूचीमा रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनी पैसा चोरी गर्नेका नेता भएको दाबी गरेको छ।

सबै घटना टोकियोमै

सो समूहले टोकियो सहरको लगभग सबै एटिएमबाट रकम झिकेको जनाइएको छ । तीन घन्टाको अवधिमा उनीहरूले ‘मास्टर प्लान’ बनाएरै एटिएमबाट रकम झिकेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । टोकियोको कानागावा, आइची, ओसाका, फुकुओकामा रहेका एटिएमबाट त्यति धेरै रकम झिकेको प्रहरीले बताएको छ । गिरोहले आइतबारको दिन रोजेको हो । त्यस दिन अधिकांश बैंक बन्द थिए ।

चोरीकार्यमा बैंकका कर्मचारीको संलग्नता रहेको आशंका

प्रहरीले बैंकका केही अधिकारी पनि ती समूहसँग मिलेको आशंका गरेको छ। ‘हाम्रै बैंकका पदाधिकारीको सहयोगविना ठूलो परिमाणमा एटिएमबाट रकम झिक्न मुस्किल छ, यस घटनामा केही बैंकका पदाधिकारीको पनि हात रहेको देखिन्छ,’ टोकियो प्रहरीका प्रवक्ताले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया