एनआइसी एसियाको ब्याजदर प्रकरण : बाफिया बिरुद्ध बैंकर्स संघ
बिजनेसपाटी २५ फागुन ।
बचत खाताको ब्याजदर ८ प्रतिशतभन्दा माथि नजाने र एक बर्षे मुद्दतिमा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति तोडेको भन्दै नेपाल बैंकर्स संघले एनआइसी एसिया बैंकसँग तत्कालका लागि कुनै पनि किसिमको कारोबार नगर्ने निर्णय गरेको छ । बैंकर्स संघको आज बसेको बैठकले सो निर्णय गरेको हो ।
यद्यपी संघको सो निर्णय बैक तथा वित्तिय संस्था सम्बधी ऐन बाफिया २०७३ को खिलापमा रहेको देखिन्छ । बाफिया २०७३ को सेक्सन ५० (१) मा बैक तथा वित्तिय संस्थाहरु एक आपसमा मिली वित्तिय कारोबारमा कुनै किसिमको एकाधिकार वा अन्य कुनै किसिमको नियन्त्रण अभ्यास गर्न नहुने उल्लेख भएपनि संघले एनआइसी एसियासँग अन्र्तर बैक कारोबार नगर्ने निर्णय गरेको हो । त्यसैगरी प्रतिस्पर्धा प्रर्बद्धन तथा बजार संरक्षण ऐन २०६३ मा पनि प्रतिस्पर्धा विरुद्ध सम्झौता गर्न नहुने उल्लेख छ । यसरी राष्ट बैक तथा नेपाल सरकारले बनाएका ऐन नियम विपरीत बैंर्कस संघले आफनो बैकसँग कारोबार नै नगर्ने निर्णय गरेको प्रति एनआइसी एसिया बैकले कडा आपत्ती जनाएको छ ।
संघले गरेको निर्णयमा बैंकका सहायक प्रमुख कार्यकारी सुधिरनाथ पाण्डेले भन्छन् , ‘मिडियामा आएको खबर बाहेक औपचारिक रुपमा हामीलाई यसबारे केहि थाहा छैन, यदि सो सत्य हो भने पनि हामि पनि आफ्नै नीति अनुसार अगाडी बढ्छौं।’
फेसबुकबाट तपाईको प्रतिक्रिया