एनआईबिएल क्यापिटलले ल्यायो सित्तैमा डिम्याट खाताको अफर

बिजनेसपाटी १९ जेस्ठ
एनआइबिएल क्यापिटलले डिम्याट खाता खोल्न आउने पहिलो १० हजार जनालाई निशुल्क डिम्याट खाता खोलिदिने भएको छ।

जेठ १६ देखि नै एनआईबिएल क्यापिटलमा पहिलो १० हजार जनाले निशुल्क डिम्याट खाता खोल्न सक्ने भएको क्यापिटलले जनाएको छ। नेपाल धितोपत्र बोर्डले एक व्यक्ति एक डिम्याट खाता हुनेगरि आन्तरिक गृहकार्य गरिरहेको छ। त्यसैले यदि तपाईसंग पहिले नै कुनै अर्को निक्षेप सदस्य वा एनआईबीएल क्यापिटलमा डिम्याट खाता छ भने यो अवसर नयाँ लगानीकर्ता अर्थात डिम्याट खाता नभएकालाई बिशेष हुनसक्ने छ।

एनआइबीएल क्यापिटलमा निशुल्क डिम्याट खाता खोल्न चाहने लगानीकर्ताहरुले एनआईबिएल क्यापिटल, लाजिम्पाट र नेपाल इन्भेष्टमेन्ट बैंकको जुनै शाखा कार्यालयबाट डिम्याट खाता खोल्न सक्नेछन। डिम्याट खाता खोले पश्चात डिम्याट खातावालले आफुसंग भएको अभौतिक सेयर डिम्याट गर्न सक्ने छन । आइपीओ, एफपीओ, म्युचुअल फन्ड, हकप्रद र बोनस सेयर सिधै आफ्नो खातामा प्राप्त गर्न सक्ने छन।

नियमन निकाय नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनको क्रममा आइपीओ, एफपीओ र दोस्रो बजारमा कारोबार गर्न समेत अनिबार्य डिम्याट खाता अनिबार्य गरिसकेको छ। सेयरबजारमा लगानी गर्न चाहनेहरुलाई डिम्याट खाता अब अति आवश्यक भएको छ। एनआइबिएल क्यापिटल नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा संचालित छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया