एनआईबीएल एस क्यापिटलद्धारा ४ अर्ब भन्दाबढि लगानी व्यवस्थापन हुदै

काठमाण्डौ १४ माघ २०७९ ।
एनआईबीएल एस क्यापिटल लिमिटेडले प्रदान गर्दै आईरहेको विभिन्न सेवाहरुमध्ये लगानी व्यवस्थापन सेवाको सुरुवात ०७१ सालदेखि हुदै आएको छ । दक्ष तथा अनुभवी पुँजी व्यवस्थापकहरुद्वारा पारदर्शी तथा ग्राहकमैत्री सेवा प्रदान गर्दै आईरहेको क्यापिटलमा हालसम्म यस लगानी व्यवस्थापन सेवामा ११०० भन्दा बढी ग्राहक आबद्ध भएका छन् । त्यसैगरी ४ अर्ब भन्दा बढि आकारको लगानीको व्यवस्थापन हुदै आइरहेको छ ।
क्यापिटलले विगत ८ बर्ष अघिदेखी सुरुवात गरेको यस सेवा अन्र्तगत लगानीकर्ताहरुलाई स्वेच्छिक र अस्वेच्छिक लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ ।
ग्राहकबर्गले कम्पनीप्रत् िदेखाएका विश्वास र लगानी व्यवस्थापन सेवा मार्फत प्राप्त गर्दै आइरहेको मुनाफा र ग्राहकहितलाई नै सर्वोपरि ठानी कार्य गर्ने कुसल लगानी व्यवस्थापकहरुको कारण यो ४ अर्बको आकारको कोषे ढुङ्गा प्राप्त गर्न कम्पनी सफल भएको कम्पनीले जनाएको छ । आगामी दिनहरुमा पनि लगानीकर्ताहरुको साथ, सहयोग, सदभाव र विश्वासलाई मध्यनजर गर्दै कम्पनीले सेवालाई थप परिस्कृत, प्रविधिमैत्री, तथा प्रतिफल युक्त सेवाको रुपमा विकास गर्दै लैजाने क्यापिटलले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया