एनआईसीले ल्यायो सर्वाधिक उच्च व्याजदरको धनवर्षा मुद्दती निक्षेप योजना
बिजनेसपाटी २८ जेष्ठ ।
एनआईसी एसिया बैंकले ग्राहक महानुभावहरुको हितलाई ध्यानमा राखि सर्वाधिक उच्च व्याजदर सहितको मुद्दती निक्षेप योजना पुनः सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रका बैंकहरुमध्ये ०७४ चैत्र मसान्तसम्मको बित्तिय बिवरण बमोजिम सबैभन्दा बढि निक्षेप संकलन गर्न सफल तथा कर्जा प्रवाहको हिसावले निजी क्षेत्रको बैंकहरुमध्ये दोश्रो ठुलो बैंकको रुपमा स्थापित एनआइसीले धनवर्षा मुद्दती निक्षेप योजनानामा रहेको उक्त मुद्दति निक्षेप योजनामा मासिक रुपमा व्याज भुक्तानीको सुविधा सहित वार्षिक १२ प्रतिशत व्याज प्रदान गरिने बताएको छ ।
यस अघिपनि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च व्याजदर सहितको धनबर्षा मुद्दती निक्षेप योजना ग्राहक महानुभावहरुमाझ अत्यन्त लोकप्रिय भएको थियो । धनवर्षा मुद्दती निक्षेप योजना प्रति ग्राहकहरुकोे आकर्षण र लोकप्रियताबाट उत्साहित हुँदै पुनः यस योजना सञ्चालनमा ल्याएको बैकले जनाएको छ । यस योजना अन्तर्गत देशभर रहेका एनआईसी एसिया बैंकको कुनैपनि शाखाबाट जुनसुकै रकमको पनि मुद्दती निक्षेप खाता खोल्न सकिने छ । साथै एक बर्षको अवधिकोलागीखोल्न सकिने यस मुद्दति योजनामाजम्मागरिएको रकमको ८० प्रतिशत सम्मकर्जा सुबिधासमेत उपलब्ध गराउन सकिने छ ।
हालसम्ममा २१८ शाखा सहित निजी क्षेत्रको सबैभन्दा ठुलो शाखा सञ्जाल भएको तथा २१० एटिएम सहित मुलुककै सबैभन्दा ठुलो एटिएम सञ्जाल भएको बैंक बन्न सफल भैसकेकोे छ । समग्रमा १४ वटा बिस्तारित काउण्टर, ९ वटा शाखा रहित बैंकिङ्ग युनिट र कुल ५,५०० भन्दा बढि रेमिट्यान्स पेमेण्ट एजेण्ट (प्रत्यक्ष एबं अप्रत्यक्ष समेत गरि) सहित ५,९५१ भन्दा बढि भौतिक सञ्जाल मार्फत बैंकिङ्ग सेवाप्रदान गर्ने मुलुककै सबैभन्दा ठुलो बैंक हुन एनआईसि एशिया बैंक सफल भैसकेको छ ।
यस्तो छ बैंकको पछिल्लो (२०७४ चैत्र मसान्त) बित्तिय स्थिति ।
कुलनिक्षेपः रु १३३.७२ अर्व
कुलकर्जा रु १०८.९६ अर्व
खरावकर्जा अनुपातः ०.२२ प्रतिशत
पुँजि पर्याप्तता अनुपातः १३.०३ प्रतिशत
प्राथमिक पुँजि एबं निक्षेप र कर्जाको अनुपात ः७८.१६ प्रतिशत
तरलता अनुपात २०.४२ प्रतिशत
फेसबुकबाट तपाईको प्रतिक्रिया