एनआईसी एशियाको ऋणपत्र नेप्सेमा सूचीकृत
बिजनेसपाटी ५ बैशाख ।
एनआइसी एसिया बैंकले जारी गरेको “९ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८१-८२” नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र बंैकको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेद्वारा बैशाख ०३ गते सम्झौतामा हस्ताक्षर गरी सूचीकृत गरिएको हो । उक्त ऋणपत्र सूचीकृत भएसँगै बोण्ड धनीहरुले “९ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८१-८२” धितोपत्र बजारमा कारोवार गर्न सक्ने भएका छन् ।
बंैकले जारी गरेको उक्त ऋणपत्र देशको हालसम्मकै ठूलो रकमको भएको, जसका लागि तोकिएको समयावधि भित्र शत प्रतिशत आवेदन परी बाँडफाँड भएको थियो । बैंकले जारी गरेको यस ऋणपत्रको लागी शतप्रतिशत आवेदन परी सफलतापुर्वक बाँडफाँड हुनुले सम्पूर्ण सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुको यस बंैकप्रति भरोसा एवं विश्वसनीयता प्राप्त भएको बैंकले जनाएको छ।
उक्त ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडद्वारा ूीब्–ू क्रेडिट रेटिङ्ग प्रदान गरेको छ । उक्त क्रेडिट रेटिङ्गले तोकिएको समयमा वित्तीय दायित्व पूरागर्ने सक्ने बैंकको क्षमता तथा कर्जा जोखिम औसत कम रहेको जनाउँछ ।
हाल यस बैक मुलुकभर गरी बंैकका १९२ शाखा कार्यालयहरु, १९६ एटीएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखा रहित बंैकिङ्ग मार्फत सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो सञ्जाल मध्येको बंैक हुन सफल भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया