एनआईसी एशियाको २ नयाँ शाखाहरु सर्लाहीको बरहथवा र बागमतीमा
बिजनेसपाटी २८ जेष्ठ ।
एनआईसी एशिया बैंकको सर्लाही जिल्ला बरहथवा नगरपालिका वडा नं ५, बरहथवामा स्थापित बरहथवा शाखा र बागमती नगरपालिका वडा नं १२, बागमतीमा स्थापित बागमती शाखाको जेष्ठ २७ गते एक समारोहका बिच समुद्घाटन भएको छ । बरहथवाका उद्योग वाणिज्य संघका अध्यक्ष निरन्जन प्रसाद दासबाट बरहथवा शाखाको र बागमती नगरपालिकाका मेयर भरतकुमार थापाबाट बागमती शाखाको विधिवत् समुद्घाटन सुसम्पन्न भयो ।
यसैसाथ झापा जिल्ला बिर्तामोड नगरपालिकाको गरामनी बजारमा बैंकले नवांै शाखा रहित बैंकिङ्ग सेवा जेष्ठ २७ गतेबाट संचालनमा ल्याएको छ । सो शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन प्रदेश नं. १(२ क) का प्रदेश सभासद माननीय एकराज कार्कीले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा राजमणि पौडेललाई नियुक्त गरेको छ । एनआईसी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे छ ।
मुलुकभर बैकको २१८ शाखा कार्यालयहरु, २१० एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू १६६ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रू ११६ अर्ब र कुलनिक्षेप करिब रू १४१ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले यो बैंक निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया