एनआईसी एशिया क्यापिटल विक्री प्रबन्धक रहेको आरम्भ माइक्रोफाइनान्सको साधारण शेयर सूुचिकृत

बिजनेसपाटी ७ चैत्र ।

एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा विक्री प्रबन्धकत्वमा रहेको आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर आज वुधबार नेपाल स्टक एक्सचेन्जमा सूुचिकृत भएको छ ।
एनआईसी एशिया क्यापिटल लिमिटेडले शेयर बाँडफाँट भएको छोटो समयमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडि एस सी एण्ड क्लियरीङ्ग लिमिटेडमा शेयर सूुचिकृत गर्न सफल भएको हो । सूुचिकृत भएलगत्तै डिम्याट खातामा जम्मा गरिएका शेयरको आगामी बुधवारबाट दोश्रो बजारमा सर्वसाधारणहरुले खरिद बिक्री गर्न सक्नेछ्न ।
एनआईसी एशिया क्यापिटल लिमिटेडले साधारण शेयर निष्काशन तथा विक्री प्रर्बद्धन गरेकोे आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको साधारण शेयर बाँडफाँट भएको २ सातामै शेयर सूुचिकृत गर्न सफल भएको हो । यसअघि आवेदनमा पूर्णरुपमा सि(आस्बा प्रणाली लागु गरिए पश्चात एनआईसी एशिया क्यापिटल लिमिटेडले शेयर आवेदन बन्द भएको २ दिनमै बाँडफाँट गरि नविन कोशेढुङ्गा स्थापना गर्न सफल भएको थियो ।
निष्काशन तथा विक्रीप्रबन्धकसंगै एनआईसी एशिया क्यापिटलले पुंजी बजारमा लगानीकर्ताहरुमाझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), म्युचल फंड, एक लाख पन्ध्र हजार अधिक डीम्याट (डीपी) सेवा, चार बटा कम्पनीको शेयर रजिष्ट्रार, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । एनआईसी एशिया क्यापिटलले निः शूल्क डीम्याट खाताका साथै प्रथम वर्षको डीम्याट खाता संचालन शुल्क पूर्णरुमा नलाग्ने व्यवस्था गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया