एनआईसी एशिया बैंककोे एकैसाथ दुईवटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा
बिजनेसपाटी ३२ असार ।
एनआईसी एशिया बैंकले तनहूँ जिल्ला, शुक्लागण्डकी नगरपालिकाको साँखे बजारमा र व्यास नगरपालिकाको कलेस्तीमा आपm्नो चौधौ र पन्धौ शाखा रहित बैंकिङ्ग सेवा आषाढ ३१ गतेबाट संचालनमा ल्याएको छ ।
बैंकले शुक्लागण्डकी नगरपालिकाको साँखे बजारमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन शुक्ला गण्डकी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष रामचन्द्र भण्डारी र वडा नं. ११ का वडा अध्यक्ष दलबहादुर थापाले संयुक्त रुपमा गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले मानबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।
यसैगरि बैंकले व्यास नगरपालिकाको कलेस्तीमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन सोहि नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सतिश चन्द्र न्यौपानेद्वारा सम्पन्न भएको छ । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा सिकन्दर गुरुङ्गलाई नियुक्त गरेको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरी सम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया