एनआईसी एशिया बैंककोे एकैसाथ दुईवटा नयाँ शाखा संचालनमा

बिजनेसपाटी ३० मंसिर ।

ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकको दुई नयाँ शाखा ललितपुरको मंगलबजार र काठमाडौँको दरबारमार्गमा एकैसाथ सञ्चालनमा आएको छ । ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं १२, टंगाल पाटन स्थित मंगलबजार शाखा र काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं १, दरबारमार्ग स्थित दरबारमार्ग शाखा यही मङ्सिर २९ गतेबाट सञ्चालनमा आएको हो । मंगलबजार शाखाकोे समुद्घाटन सोही वडाका वडा अध्यक्ष नारायण लाल अवालेज्यु र दरबारमार्ग शाखाकोे समुद्घाटन एन आई सी एशिया बैंक लि का उप–प्रादेशिक कार्यालय काठमाडौँका प्रमुख श्री तेज राज तिमिल्सिनाज्यूले गर्नुभयो । यी दुई नयाँ शाखा सञ्चालनमा आएसँगै ललितपुर र काठमाडौँ क्षेत्रका ग्राहक महानुभावहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया