एनआईसी एशिया बैंकको कार्यबाहक सिइओमा रोशनकुमार न्यौपाने
काठमाडौँ ३ चैत्र
एनआईसी एशिया बैंकको कार्यबाहक प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । बैंकको चैत २ गते सम्पन्न सञ्चालक समितको बैठकले न्यौपानेलाई कामु प्रमुख कार्यकारी तोक्ने निर्णय गरेको हो ।
न्यौपाने यसअघि बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत रहेका थिए । शुक्रबार बसेको सञ्चालक समिति बैठकले लक्ष्मण रिसालले फागुन २३ गते सञ्चालक समितमा पेश गरेको राजीनामा समेत स्वीकृत गरेको छ ।
चार बर्ष अवधिको कार्यकाल रहेपनि सञ्चालक समितिसँग व्याजदरको विषयमा विवाद उत्कर्षमा पुगेपछि प्रमुख कार्यकारी अधिकृतबाट रिसालले राजीनामा दिएका थिए ।
मुलुकभर १८० शाखा कार्यालयहरु, १८३ एटिएम सञ्जालहरु, ४ एक्स्टेन्सन काउन्टरहरु, ३ शाखारहित बैंकिङ सेवाहरु एवम् प्रत्यक्ष एवं अप्रत्यक्ष समेत गरी ५००० भन्दा बढि रेमिटान्स पेआउट एजेन्टहरु सहित राष्ट्रकै सर्वाधिक बढि बैंकिङ्ग सञ्जाल भएको बैंकको रुपमा एनआईसी एशिया बैंक स्थापित भैसकेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया