एनआईसी एशिया बैंकको थप २ नयाँ शाखाहरु आँबुखैरेनी र गोरखामा

बिजनेसपाटी २५ पौष
एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु आँबुखैरेनी गाँउपालिका वडा नं. ०३, आँबुखैरेनी, तनहुँ र गोरखा नगरपालिका वडा नं ०६, हरमटारी, गोरखामा सोमबार एक समारोहका बिच औपचारिक रुपमा समुद्घाटन भएको छ । आँबुखैरेनी गाँउपालिकाका अध्यक्ष गिर बहादुर थापाबाट आँबुखैरेनी शाखाको र गोरखा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष श्रवण कुमार जोशीबाट गोरखा शाखाको समुद्घाटन सम्पन्न भएको हो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लेखित २ शाखा कार्यालयहरुको समुद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १५६ शाखा कार्यालयहरु, १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया