एनआईसी एशिया बैंकको नयाँ शाखा कञ्चनपुरको पुनर्वासमा

बिजनेसपाटी २८ असार ।

एनआईसी एशिया बैंकको पुनर्वास,कञ्चनपुरस्थित पुनर्वास शाखाको बुधबार एक समारोहका बिच पुनर्वास नगरपालिकाका मेयर जिवन राज थापाबाट विधिवत् समुद्घाटन भएको छ ।

एनआइसी एसिया मुलुकभर २२६ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू.१७८ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५१ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथाकुलकर्जा करिब रू. १२०अर्ब सहित निजी क्षेत्रका बैंकहरुमध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफलभइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख७५ हजार रहेको छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थपशाखा संचालनगर्ने योजना अगाडि सारेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया