एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको बिर्ता बजारमा

बिजनेसपाटी २० मंसीर ।

एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय बिर्तामोड नगरपालिका वडा नं ३, बिर्ताबजार स्थित बिर्ताबजार शाखाको बिर्तामोड नगरपालिका मेयर धुर्व कुमार शिवाकोटीबाट भव्य समारोहका बिच समुद्घाटन भएको छ ।
एनआइसी एसिया बैकले हाल २६८ शाखा कार्यालयहरु, २८१ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १९ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २११ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७० अर्ब तथा कर्जा रू. १४४ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया