एनआईसी एशिया बैंकको नयाँ शाखा रुकुमको मुसिकोटमा

बिजनेसपाटी २४ कार्तिक ।

एनआईसी एशिया बैंकको नयाँ शाखा मुसिकोट न.पा. वडा नं. ०५, बागबजार स्थित रुकुममा बिहिबार एक समारोहका बिच उदघाटन भएको छ । रुकुम जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष टेकबहादुर पुनबाट सो शाखााको उदघाटन भएको हो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया