एनआईसी एशिया बैंकको नयाँ शाखा रौतहटको बंकुल बजारमा

बिजनेसपाटी १६ जेष्ठ ।

एनआईसी एशिया बैंकले नयाँ शाखा बौधीमाई नगरपालिका वडा नं ६, बंकुलबजार, रौतहटमा १४३ औं शाखाको रुपमा स्थापना गरेको बंकुलबजार शाखाको आज बुधबार एक समारोहका बिच बौधीमाई नगरपालिकाका मेयर राजीव रंजन यादवबाट समुद्घाटन गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २१७ शाखा कार्यालयहरु, २०३ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू १६२ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू ११२ अर्ब र कुल निक्षेप करिब रू १३८ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । योसँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले यो बैंक निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया