एनआईसी एशिया बैंकको नयाँ शाखा रौतहटको चन्द्रनिगाहपुरमा
बिजनेसपाटी १८ जेष्ठ ।
एनआईसी एशिया बैंकको चन्द्रपुर नगरपालिका वडा नं ४, चन्द्रनिगाहपुर रौतहटमा स्थापित चन्द्रनिगाहपुर शाखाको जेष्ठ १७ गते एक समारोहका बिच चन्द्रनिगाहपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुनिल कुमार जैसवालबाट समुद्घाटन भएको छ ।
मुलुकभर २१७ शाखा कार्यालयहरु, २०३ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू १६३ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू ११३ अर्ब र कुल निक्षेप करिब रू १३९ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले यो बैंक निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया