एनआईसी एशिया बैंकको भित्ते तथा टेबल पात्रो सार्वजनिक

बिजनेसपाटी २ बैशाख, २०७७
एन आई सी एशिया बैंकले नयाँ वर्ष २०७७ सालको विविध सूचनाहरु उल्लेखित भित्ते तथा टेबुल पात्रो सार्वजनिक गरेको छ । विश्वव्यापी कोरोना भाइरस महामारीविरुद्ध सबै लागिरहेका बेला विशेष सुरक्षा अपनाई बैंकको थापाथलीस्थित कर्पोरेट कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले उक्त पात्रो सार्वजनिक गर्नुभयो ।
भित्ते तथा टेबुल पात्रोको ढाँचामा प्रकाशित उक्त पात्रोमा नेपाल सरकारले उपलब्ध गराएको विदा, चाडवाड, दिवस, पञ्चांग तिथि लगायतका विवरण उल्लेख गरिएको छ । बैंकले नेपालका विभिन्न हिमाल, मठमन्दिर, ताल लगायतका रमणीय स्थलहरूलाई यस वर्षको पात्रोमा सजाएको छ । साथै, पात्रोलाई डिजिटल प्रणालीमा समेत प्रकाशित गरी कम्प्युटर तथा मोबाइलबाट सहजै प्रयोग गर्न मिल्ने बनाइएको छ । सम्पूर्ण ग्राहक महानुभावहरूमा नयाँ वर्ष २०७७ ले नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ बैैकले यो पात्रो सार्वजनिक गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया