एनआईसी एशिया बैंकको “साथी” सञ्चालनमा

बिजनेसपाटी १२ पौष

एनआईसी एशिया बैंकको सामाजिक संञ्जाल “ Facebook” अन्र्तगत “साथी” नामक बैंकको आफ्नो “Chatbot ” संञ्चालनमा ल्याएको छ । “साथी” नामक उक्त “Chatbot” पौष १० गतेबाट सञ्चालनमा आएको छ । यस “साथी”Chatbot  मार्फत बैंकका ग्राहक महानुभावहरूले आफ्नो चाहाना अनुरुपका जिज्ञासाहरुकोे आधिकारीक जवाफ प्राप्त गर्न सक्नुहुनेछ । यस कार्यले डिजिटल बैंकिङ्गको विकासमा बैंकले थप उचाई प्राप्त गर्ने बिश्वास बैंकले लिएको छ
बैंकको मुलुकभर २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको भएको छ । बैंकको वासलातको आकार रू. २१३ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १४५ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया