एनआईसी एशिया बैंकको सी-आस्वा सेवा सञ्चालनमा
बिजनेसपाटी २४ माघ
एनआईसी एशिया बैंक लिमिटेडले मंगलबारबाट सी—आस्वा सेवा सञ्चालनमा ल्याएको छ ।
नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिंदा ०७४ फाल्गुन ११ गतेबाट अनिवार्य रुपमा सी—आस्वा सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएकोमा उक्त प्रणाली मार्फत आवेदन दिंदा सी—आस्वा रजिष्ट्रेशन नम्बर अनिवार्य भएकोले ग्राहक महानुभावहरुलाई समयमै सी—आस्वा रजिष्ट्रेशन नम्बर प्रदान गर्ने उदेश्यले बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
अब यस बैंकका ग्राहक महानुभावहरुले बैंकको मुलुकभर फैलिएको १६८ वटै शाखाहरुबाट सहज रुपमा सी—आस्वा रजिष्ट्रेशन नम्बर लिई सी—आस्वा प्रणाली मार्फत धितोपत्र खरिद गर्न आवेदन दिन सक्नेछन् ।
यो सेवा सञ्चालनमा आएसँगै ग्राहक महानुभाबहरुले बैंकबाट सी—आस्वा रजिष्ट्रेशन नम्बर लिई मेरो सेयर मार्फत आफै अनलाइन आवेदन दिन सक्नेछन् । यसैगरी अनलाइन आवेदन दिन नसक्नु हुने लगानीकर्ताको हकमा बैंकको कुनैपनि शाखामा गई सी—आस्वा फारम भरि आवेदन बराबरको रकम आफ्नो बैंक खातामा रोक्का राखि सहज रुपमा यस प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया