एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु गौरादह र तरहरामा

बिजनेसपाटी २१ कार्तिक ।
एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु गौरादह नगरपालिका वडा नं. ०३, झापा र ईटहरी उप– महानगरपालिका वडा नं २०, तरहरा सुनसरीमा सोमबारबाट सञ्चालनमा आएकोे छ । सोमबार एक समारोहका ती बीच शाखाहरुको समुद्घाटन गरिएको छ । गौरादह नगरपालिकाका मेयर रोहितकुमार शाहबाट गौरादह शाखाको र ईटहरी उप– महानगरपालिकाका मेयर द्वारिकलाल चौधारीबाट तरहरा शाखाको समुद्घाटन सम्पन्न भएको छ ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लेखित २ शाखाको समुद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट ग्राहक महानुभावहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया