एनआईसी एशिया बैंकको ३ अर्ब ऋणपत्र स्वीकृत, नेप्सेमा किनबेच गर्न पाइने

बिजनेसपाटी ४ पौष ।

एनआईसी एशिया बैंकलाई नेपाल धितोपत्र बोर्डले १ हजार अंकित दरका ३० लाख कित्ताले हुन आउने ३ अर्ब बराबरको ‘एन आई सी एशिया डिबेन्चर २०८१-0८२’ निष्काशन गर्न शुक्रवार स्वीकृति दिएको छ ।  नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड सो ऋणपत्रको बिक्री प्रबन्धक रहेको छ ।

रू. ३ अर्बको ऋणपत्रको ८० प्रतिशत व्यक्तिगत तवर मार्फत् र २० प्रतिशत सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधि माफर््त निष्काशन गरिने बैकले जनाएको छ । ९ प्रतिशत वार्षिक ब्याजदर हुने ऋणपत्रको अर्धवार्षिक रूपमा ब्याज झुक्तानी गरीने ऋणपत्रको अवधि ७ वर्ष हुने जनाइएको छ । सो ऋणपत्र पौष ४ गतेदेखि पौष १२ गतेसम्म ७ कार्यदिनको सुचना दिई तत्पश्चात मिति ०९÷१३ देखि०९÷१७ सम्म ऋणपत्रको बिक्री खुल्ला गरिने बैकले जनाएको छ ।

सो ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले रेटिङ्ग प्रदान गरेको छ । जसको अर्थ लगानीको उच्चतम सुरक्षा र न्यून कर्जा जोखिम हो । साथै यस बंैकलाई इक्रा नेपाल लिमिटेडले “[ICRANP-IR] A- ” (A माइनस)  (ICRA NP Issuer Rating A Minus)   रेटिङ्ग प्रदान गरेको छ । जुन नेपाली बैंकहरुलाई प्रदान गरीएको उत्कृष्ट रेटिङ्गहरु मध्ये एक हो ।
ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकरण गरिने बैकले जनाएको छ । ऋणपत्र नेपालको Debt Market को विकासको लागि एक महत्वपूर्ण  Milestone हुने बैकले विश्वास लिएको छ। हाल नेपालमा दीर्घकालिन लगानीको लागि वित्तीय साधनहरु अत्यन्त कम मात्र उपलब्ध रहेको अवस्थामा दीर्घकालिन रुपमा उच्चतम प्रतिफल प्राप्त हुने, प्रतिफलको सुनिश्चीतता हुने एवं सुरक्षित लगानी हुने लगायतका दृष्टिकोणबाट दीर्घकालिन लगानीको लागि एक विरलै प्राप्त हुने एवं उत्कृष्ट अवसर यसलाई हेर्न बैकले अपिल गरेको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । यस बैंकले अधिराज्यभर १४९ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरहरु र ४ एक्स्टेन्सन काउण्टरहरुबाट ग्राहकमुखी एवं उच्च स्तरको सेवा प्रदान गर्दै आईरहेको छ । बैकंले ११७ अर्ब निक्षेप संकलन गरि ९८ अर्ब कर्जा प्रवाह गरीसकेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया