एनआईसी एशिया बैंकलाई गभर्नर्स कप अन्तरबैंक फुटसल २०७५को उपाधि

बिजनेसपाटी २३ बैशाख ।
नेपाल राष्ट्र बैंकको ६३ औैं वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल राष्ट्र बैंकद्वारा आयोजना गरिएको गभर्नर्स कप अन्तरबैंक फुटसल प्रतियोगिता २०७५ मा एनआईसी एशिया बैंकले प्रथम स्थान हासिल गरेको छ । १६ फुटसल टिमको सहभागिता रहेकोे सो प्रतियोगितामा एनआईसी एशिया बैंकले उत्कृष्ट प्रर्दशन गर्दै प्रथम उपाधि आफ्नो पक्षमा पारेको हो । एनआईसी एशिया बैंकले विभिन्न खेलकुद प्रतियोगिताहरुमा आफ्नो सशक्त उपस्थिती देखाउदै आईरहेको छ ।

एनआइसी मुलुकभर १९९ शाखा कार्यालयहरु, १९८ एटिएम, ५ वटा एक्स्टेन्सन काउन्टर एवं ६ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । बैंकको वासलातको आकार रु १५८ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रु. १०९ अर्ब र कुल निक्षेप करिब रु. १३३ अर्ब पुगिसकेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया