एनआईसी एशिया बैंकले एकै दिन उद्घाटन गर्यो ९ नयाँ शाखा

बिजनेसपाटी ४ जेस्ठ

एनआईसी एशिया बैंकले एकैसाथ ९ स्थानमा शाखा स्थापना गरेको छ  । सबै नयाँ शाखाहरु जेष्ठ ३ गतेबाट विधिवत् उद्घाटन भएको बैंकले जनाएको छ  । ती शाखाहरु मध्ये सौ-फर्साटिकर स्थित ९१ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य,  सुरेन्द्र प्रसाद श्रेष्ठ, धकधई  स्थित ९२ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य,  कृष्ण प्रसाद शर्माले,  भुमही स्थित ९४ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य,  भिम बहादुर थापा (भरत)ले, बाँसगढी स्थित ९५ औं शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, नेपालगंज कार्यालयका निर्देशक  गुरु प्रसाद पौडेलले, पर्सा स्थित ९६ औं शाखाको उद्घाटन खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष, गुण राज श्रेष्ठले, टाँडी स्थित ९७ औं शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष,  ज्ञान बहादुर बिसुरालले, दुलेगौडा स्थित ९९ औं एवं भिमाद स्थित १०३ औं शाखाको उद्घाटन तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष,  कृष्ण राज पण्डितले, हाकिम चोक स्थित १०१ औं शाखाको उद्घाटन चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले गरेको बैंकले जानकरी दिएको छ ।

यी ९ शाखा विस्तारसँगै एन आई सी एशिया बैंकले ग्राहकलाई देशभरीका १०७ वटा शाखाहरुबाट सेवा प्रदान गर्न सुरु गरेको छ। बैंकले  विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया