एनआईसी एशिया बैंकले सुरु गर्यो भाइबर बैकिङ्ग सेवा

बिजनेसपाटी ३ माघ ।

एनआईसी एशिया बैंकले भाइबर बैकिङ्ग सेवा संचालन गरेको छ । सो सेवा ग्राहक महानुभावहरुले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट प्रयोग गर्न सक्ने बैकले जनाएको छ ।
भाईबर बैकिङ्ग सुबिधा लिनको लागि भाइबर एप्लीकेशन मार्फत एनआईसी एशिया बैंकको पब्लीक एकाउन्टलाई सस्क्राइब गरी यसबाट आवश्यक जानकारी लिन सक्ने बताइएको छ । भाइबर बैकिङ्ग सेवा मार्फत ग्राहकहरुले एनआईसी एशिया बैंकको शाखा कार्यालयहरु तथा एटिएम संञ्जालहरुबारे जानकारी, Loan Eligibility Checking, Online Account Opening, बैकिङ्ग समय सम्बन्धि जानकारी, बिदेशी बिनिमयदर सम्बन्धि जानकारी, Interest Rate सम्बन्धि जानकारी एवं बैंक सम्बन्धि अन्य आवश्यक जानकारी सजिलै प्राप्त गर्न सक्नेछन् । त्यस्तैगरी एनआईसी एशिया बैंकको मोबाइल बैकिङ्ग सेवामा रजिष्टर भएको ग्राहकहरुले भाइबर बैकिङ्ग सेवा मार्फत आफ्नो खाताको सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्न सक्नेछन् ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । यस बैंकले अधिराज्यभर १५७ शाखा कार्यालयहरु, १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखाहरु संचालन गर्ने योजना अगाडी सारेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया