एनआईसी एशिया बैंक र एशियन लाईफ ईन्स्योरेन्सबीच सम्झौता

बिजनेसपाटी २४ भाद्र ।

एनआईसी एशिया बैंकले एशियन लाईफ इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएको २४४ वटै शाखाहरुबाट सहज रुपमा एशियन लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरे ।

हाल २४४ शाखा कार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत एनआइसी एसिया बैले बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैंकको वासलातको आकार रू.१८६ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५६ अर्ब तथा कर्जा रू. १३० अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया