एनआईसी एशिया बैंक र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता

बिजनेसपाटी २४ असार ।
एनआईसी एशिया बैंक लिमिटेडले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ । सम्झौता अनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएको २२५ शाखाहरुबाट सहज रुपमा प्रुडेन्सिल इन्स्योरेन्स कम्पनीको निर्जिवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीरकृष्ण मर्हजनले हस्ताक्षर गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया