एनआईसी एशिया बैंक र श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि.बिच सम्झौता

काठमाडौं१७ पौष ।

एन आई सी एशिया बैंक र श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि. बुटवल, बिच एन आई सी एशिया बैंकका सम्पुर्ण ग्राहक महानुभावहरु र बैंकका कर्मचारीहरुलाई अस्पतालमा उपचार गराउँदा बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १०% देखि १५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं. ५ को यस बैंकको प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्की र तिनाउ इन्टरनेशनल हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध संचालक बिमल प्रसाद श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया