एनआईसी एशिया बैंक र सिटिजन लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
बिजनेसपाटी १७ श्रावण ।
एनआईसी एशिया बैंक लिमिटेडले सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएका बैंकको २३३ वटै शाखाहरुबाट सहज रुपमा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको जिवन बिमा पोलिसीहरु खरिद गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले हस्ताक्षर गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया