एनआईसी एशिया बैंक लिमिटेडको भारतबाट इनवार्ड रेमिटेन्स सुरु
बिजनेसपाटी २१ चैत्र ।
एन आई सी एशिया बैंक लिमिटेडल एक्सीस बैक लिमिटेडसँगको सहकार्यमा भारतबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको छ । बैंकले यस सम्बन्धमा एक्सीस बैक लिमिटेड भारतसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरेसँगै भारतबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको हो ।
उक्त सम्झौता अनुसार एक्सीस बैक लिमिटेडको भारतमा अवस्थित ३,५०० भन्दा बढि शाखाहरुबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको १९२ वटा शाखाहरु तथा ५,००० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने बैकले जनाएको छ ।
हाल यस बैक मुलुकभर गरी १९२ शाखा सहित निजी क्षेत्रको सवैभन्दा वढि शाखा सञ्जाल भएको बैंक बन्न सफल छ । यस बैंक १९३ एटिएम सहित मुलुककै सबैभन्दा वढि एटिएम सञ्जाल भएको बैंक समेत बन्न सफल भएको छ । समग्रमा यस बैंक ४ वटा एक्स्टेन्सन काउन्टर, ४ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्ष एवं अप्रत्यक्ष समेत गरी) सहित ५,३९३ भन्दा बढि भौतिक सञ्जाल मार्पmत् बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भैसकेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया