एनआईसी एशिया बैंक २० बर्षमा, २०२० सम्ममा मुलुककै उत्कृष्ठ बैंक बन्ने योजना
बिजनेसपाटी १३ श्रावण ।
एनआईसी एशिया बंैक २० औ वर्षमा प्रवेश गरेको छ । बैंक २० औँ बर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष जगदिशप्रसाद अग्रवालले कुल १९ कर्मचारी, १ शाखा र करिब रु. ८ करोड चुक्तापुँजी सहित एक क्षेत्रीय वाणिज्य बैंकको रुपमा नेपालको बैकिङ क्षेत्रमा प्रवेश गरेको बताए । आइएसओ ९००१ : २००८ प्रमाणपत्र पाउने एनआईसी एशिया एक मात्र बैंक रहेको उनले बताए । अग्रवालले आफ्नो बैंकले अन्तर्राष्ट्रिय स्तरको ख्याति प्राप्त बैंक अफ द इयर अवार्ड सन् २००७ र २०१३ मा प्राप्त गरेको समेत उनले बताए । अहिले बैंकले १२५ भन्दा बढि शाखा तथा एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गरिरहेको, बैंकका निक्षेप ग्राहक पाँच लाख ५० हजार, कर्जा ग्राहक २५ हजार भन्दा वढि रहेको समेत उनले जानकारी दिए।
कार्यक्रममा अग्रवालले बैंक २०औं बर्ष प्रबेशकोे उपलक्ष्यमा टेलिभिजन कर्मसियल (टिभीसी) तथा भिडियो बिमोचन गरेका थिए । सो अबसरमा बैंकको व्राण्ड एम्बेस्डर मनिषा कोइरालाले बैंकको ग्राहकमैत्री सेवा, राष्ट्रिय प्राथमिकताका बिषयमा यस बैंकले ठूलो भुमिका निर्बाह गरेको बताइन् ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले सन् २०२० सम्ममा शाखा सञ्जाल ३०० र एटिएम संख्या १००० पुर्याइ मुलुककै उत्कृष्ठ बैंक बन्ने योजना रहेको बताए ।
सो कार्यक्रममा नियामक निकायका पदाधिकारीहरु, बैंकका संचालकहरु, बैकका संस्थापक तथा सर्वसाधारण शेयरधनीहरु, बैंकका ग्राहकवर्ग, सरकारी तथा गैर सरकारी संघ संस्थाका पदाधिकारीहरु, कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया