एनआईसी एशिया बैकको ‘न्यू प्रिमियम समुन्नति बचत खाता’ अनलाइनबाटै खोल्न सकिने

बिजनेसपाटी ३० अशोज ।
“सोच बदलौं, एन आई सी एशिया बैंक नै रोजौँ” भन्ने मुल नाराका साथ एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंक खाता खोल्न लाइनमा बसीरहन नपर्ने र घरैमा बसी झण्झटरहित तरीकाबाट आफ्नो बैंक खाता खोल्ने सुबिधा प्रदान गरेको छ । ग्राहक महानुभावहरुले अनलाइनबाट “न्यू प्रिमियम समुन्नति बचत खाता” खोलेमा भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सुविधामा २०% को विशेष छुट पाउन सक्ने बैकले जनाएको छ । सो सुविधा देश तथा विदेशमा रहेका ग्राहक महानुभावहरुलाई बैंकको “न्यू प्रिमियम समुन्नति बचत खाता” खोल्न सहजता होस् भन्ने उद्देश्यले संचालनमा ल्याइएको बैकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया