एनआईसी एशिया बैकद्धारा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताका विजेतालाई सहयोग

बिजनेसपाटी ११ माघ ।
एन आई सी एशिया बंैक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सशस्त्र प्रहरीको १९ औं स्थापना दिवसको उपलक्ष्यमा नेपाल ए.पी.एफ.क्लबका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता–२०७६ मा सहभागी भई विभिन्न विधाका पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार स्वरुप रु. ९,९५,००० बराबरको रकम यस बैंकले प्रदान गरेको छ ।

उक्त सहयोग स्वरुपको चेक एन आई सी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले ए.पी.एफ.क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुलसीराम दाहाललाई हस्तान्तरण गर्नु भएको छ । उक्त कार्यक्रम सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द« खनालको प्रमुख अतिथ्यता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया