एनआईसी एसिया बैंकका २ नयाँ शाखा शुभारम्भ
काठमाडौं ३१ चैत्र
एनआईसी एसिया बैंकले २ नयाँ शाखाको शुभारम्भ गरेको छ । झापाको बुधबारेस्थित ८३ औं शाखाको उद्घाटन एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल एवं बुधबारे उद्योग वाणिज्य संघका अध्यक्ष गोविन्दप्रसाद पौडेलले संयुक्त रूपमा गरेका छन् ।
यस्तैगरि झुम्का सुनसरीस्थित ८७ औं शाखाको उद्घाटन एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रिसाल एवं झुम्का उद्योग वाणिज्य संघका अध्यक्ष सगेन चौधरीले संयुक्त रूपमा गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया